Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हङकङमा हुने त्रीकोणात्मक टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा

  •   २ वर्ष अघि | २० फाल्गुन २०८०, आइतवार

फागुन २०, काठमाडौँ । हङकङमा हुन गइरहेको त्रीकोणात्मक टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा भइएको छ ।

मार्च १० मा हङकङमा हुने नेपालले घरेलु टिम हङकङसँग खेल्ने छ ।  त्यसपछी मार्च १२ मा नेपालले हङकङमै पपुवा न्युगिनीसँग खेल्ने तालिका रहेको छ । यी दुबै खेल अघी मार्च ९ मा हङकङ र नेपालबीच मैत्रीपूर्ण खेल पनि हुनेछ।

उक्त सिरिजका लागि टिमको घोषणा गरिएको छ । नेपालका लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य टिम घोषणा गरिएको छ ।

१४ सदस्य टोलीमा रोहित पौडेल, बिनोद भण्डारी, कुशल भुर्तेल, आरिफ शेख, गुल्सन झा, सन्दिप जोरा, विवेक यादव, करण केसी, रसिद खान, प्रतिश जिसी, लोकेश बम, सागर ढकाल, अविनाश बोहरा र आकाश चन्द रहेका छन्।


  • न्युज बहार संवाददाता

थप