Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

कात्तिक १२, काठमाडौँ । आईसीसी विश्वकप लिग-२ मा आइतबार राति भएको खेलमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित हुन पुगेको हो ।

अमेरिकाले नेपालद्वारा दिएको २८७ रनको लक्ष्य ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा पुरा गरेको छ । अमेरिकाका लागि ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका छन ।

त्यस्तै नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधीक ९६ बनाएका छन । नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । ५० ओभरमा नेपाल अल आउट हुनु अघि २८६ रनको योगफल बनाएको थियो । 

  • न्युज बहार संवाददाता

थप