साउन १९, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्यास लिएका छन् ।
आज काठमाडौँमा उनले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका छन ।
उनले अन्तर्राष्ट्रिय सँगै राष्ट्रिय तथा घरेलु क्रिकेट पनि नखेल्ने घोषणा गरेका छन।
- न्युज बहार संवाददाता