फागुन
३०, काठमाडौँ । बुधबार भारतीय सेयर बजारमा राताम्मे भएको छ । भारतीय सेयर बजारमा आजको कारोबार सुरु हुने
बित्तिकै बजार क्र्यास भएको हो । आज एकै दिन भारतको प्रमुख शेयर परिसूचक बीएसईमा
एक हजार अङ्क भन्दा धेरैको गिरावट आइएको हो ।
१ हजार
४६ अङ्कले घटेर आज दिउँसो २:३० बजे सेन्सेक्स ७२ हजार ६२१ अङ्कमा आएको थियो । यसरी
सेन्सेक्स घटेपछी बीएसईमा सूचिकृत
कम्पनीहरूले १२ खर्ब देखि १३ खर्ब भारुबिचको बजार पुँजीकरण केही घण्टाको अन्तरालमै
गुमाएका छन ।
त्यस्तै अर्को
प्रमुख शेयर परिसूचक निफ्टी पनि १ दशमलव ७४ प्रतिशत (३८८ अङ्क)ले घटेर २१ हजार ९४७
अङ्कमा आइपुगेको छ । यसका अलाबा अन्य सूचकाङ्कहरू पनि रक्ताम्मे देखिएका छन ।
- न्युज बहार संवाददाता