Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मनोबैज्ञानिक सपोर्ट विन्दुलाई तोड्दै २००० विन्दु तल झर्यो नेप्से

  •   २ वर्ष अघि | ४ बैशाख २०८१, मङ्लबार

बैशाख ४, काठमाडौँ । आज मंगलबार सेयर बजार परिसुचक नेप्से २००० विन्दु तल झरेको छ । प्रहरीले शेयरको भित्रि कारोबारमा अनुसन्धान गर्ने भएपछि शेयर बजारमा बिक्री चाप बृद्धी भएको छ।

यस दिन नेप्से १४.८१ अंक( ०.७३ प्रतिशत)ले घटेर २००० को मनोबैज्ञानिक सपोर्ट विन्दुलाई तोड्दै १९९१.७१ विन्दुमा बन्द भएको छ। मंगलबार नेप्से सूचक सँगै कारोबार रकम पनि घट्दै गएको छ। यस दिन २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर कारोबार भएको हो।

आज घटेको बजारमा गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढेको छ भने रुरु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा गोर्खाज फाइनान्सनै पहिलो नम्बरमा रहेको छ । या दिन उक्त कम्पनिको १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको

अब प्रहरीले धितोपत्र कारोबारमा इन्साइडर ट्रेडिङ अर्थात शेयरमा भित्रि कारोबारमा अनुसन्धान गर्ने भएकोले आज बजारमा बिक्री चाप बढेको अनुमान गरिएको छ।  धितोपत्र सम्बन्धी ऐन २०६३ को बुँदा नम्बर १०३ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ भने यसलाई राजपत्रमा प्रकाशन गरी ऐन कार्यान्वयनमा ल्याइएको छ । यसले लगानीकर्ताको मनोबल थप खस्केको देखीएको छ । यसकै कारण आज शेयर बजारमा बिक्री चाप बढेको देखिन्छ।

  • न्युज बहार संवाददाता

थप