बैशाख ७, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।
आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा बन्द भएको हो ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बजारमा यस दिन ३२८ स्टकको ७४ हजार ४५ पटकको कारोबारमा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड १३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
भएको छ। यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको
शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएको हिमालयन पावर
पार्टनरको शेयरमूल्य यस दिन सर्वाधिक ७.३३ प्रतिशत घटेको छ।
यस दिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष
स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ६८ करोड ७६ लाख रुपैयाँबराबरको शेयर
खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।
यस दिन सर्वाधिक १.०२
प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ भने वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य
उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
- न्युज बहार संवाददाता