Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१०.३० अंकले घटेको नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | २८ चैत्र २०८०, बुधबार

चैत २८, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक घटेको छ । पछिल्ला दुई कारोबार दिन बढेको नेप्से आज भने घटेर बन्द भएको हो । यस दिन नेप्से १०.३० अंक(०.५२ प्रतिशत)ले घटेर २०२५.७० विन्दुमा बन्द भएको हो ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३०८ स्टकको ६१ हजार ४२० पटकको कारोबारमा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन सर्वाधिक ९.६९ प्रतिशतले माण्डु हाइड्रोपावरको शेयरमूल्य बढेको छ। यस दिन कारोबारमा आएको सिंगटी हाइड्रोको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा यस दिन शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन १२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढ्दा बाँकी ११ उपसमूहको परिसूचक भने घटेको छ ।

यस दिन सर्वाधिक १.४६ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ । आज सर्वाधिक २.५० प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप