Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालमा पहिलो पटक भोलीदेखि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ खुल्दै

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । भोलि बुधबार अर्थात मंसिर ६ गतेदेखि नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) जारी गर्दैछ । पहिलो चरणो आईपीओमा सर्वसाधारणले नभई संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।

सर्वोत्तम सिमेन्टले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता अर्थात जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत कुल सेयर जारी गर्न लागेको हो । यसमध्ये योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले प्रदान हुनेछ भने बाँकी ३६ लाख कित्ता सेयर अर्थात ६० प्रतिशत सेयर सर्वसाधारणलाई पछि जारी गरिनेछ।

संस्थाहरुलाई कम्पनीको सेयरका लागि न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको छ । यो कम्पनीको आईपीओमा मंसिर १० गतेसम्म संस्थागत लगानीकर्ताले खरिदका लागि आवेदन दिनसक्नेछन ।

गोप्य शिलबन्दीमार्फत संस्थागत लगानीकर्ताले तोकिएको मूल्य रेञ्जभित्र रहेर दिएको आवेदनअनुसार प्रतिस्पर्धाका आधारमा निश्चित मूल्य (कट अफ प्राइस) तय हुन्छ ।

पछि सर्वसाधारणलाई त्यही निश्चित भएको कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा ३६ लाख कित्ता सेयर जारी हुनेछ ।

  • न्युज बहार संवाददाता

थप