Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उन्नति सहकार्य लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

 मंसिर ८, काठमाडौँ । आज शुक्रबार उन्नति सहकार्य लघुवित्तको एफपिओ बाँडफाँट भएको छ। 

आज बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा भएको बाँडफाँटमा कुल १७ हजार ८४५ जना सर्वसाधारण आवेदकहरुले गालाप्रथामार्फत सेयर पाएका छन्। 

यस एफपिओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएका थिए जसमध्ये ३२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ। 

कात्तिक २१ गतेदेखि २४ गतेसम्म कम्पनीले एफपिओ बिक्री गरेको थियो।

एफपिओ बाँडफाँटको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र 'मेरो सेयर' एकाउन्टबाट त्यसैगरी कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिनेछ। 

  • न्युज बहार संवाददाता

थप