बैशाख २३, सिराहा । करिब १४ केजी लागु औषध
गाँजा सहित सिराहाको गोलबजारबाट दुई युवक पक्राउ परेका छन् ।
प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८
सय ४० ग्राम गाँजा सहित गोलबजार नगरपालिका १ मुक्सारका २६ वर्षीय
महेन्द्र साह र वार्ड नम्बर २ का ३६ वर्षीय श्याम कुमार साहलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा अटोमा
लुकाएर राखेको गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
- न्युज बहार संवाददाता