Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

वसन्त ऋतुको आरम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बृद्धी

  •   १ वर्ष अघि | ३ बैशाख २०८२, बुधबार

बैशाख ३, काठमाडौँ । सगरमाथा क्षेत्रमा वसन्त ऋतुको आरम्भ भएसँगै पर्यटकको चहलपहल बढेको छ ।

सगरमाथा क्षेत्रमा शेर्पा संस्कृतिको सुगन्ध, वरिपरि हिउँका पर्खाल, अनि हिमाली सौन्दर्यको आकर्षक दृश्यले हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ ।

गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठले बताएका छन । रेन्जर श्रेष्ठका अनुसार हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ

यस समयमा सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ

खुम्बु क्षेत्रमा पर्यटकको आवागमन बढेसँगै व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ ।

अहिले नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ भएका छन् । मौसम अनुकूल हुँदा दैनिक काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट सयौँ पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप