Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउनेको संख्या बढ्दै

  •   १ वर्ष अघि | २९ जेष्ठ २०८२, बुधबार

जेठ २८, काठमाडौँ। अहिले उखरमाउलो गर्मीले वातावरण तातेको छ। पानी नपर्दा तापक्रम दिन प्रतिदिन बढेको छ भने बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था सृजना भएको छ।

यही गर्मी बढे सँगै देशका विभिन्न ठाउँबाट गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन्।

केही दिनयता काठमाडौँ तथा चितवनबाट गाडीमा दुई/तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको संख्या  बढेको हो। र्‍याफ्टिङ सँगै यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरु पनि धेरै रहेका छन । देखिन्छन्।

अहिलेको समय र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो। यतिबेला र्‍याफ्टिङका लागि आउनेहरुको सङ्ख्या उल्लेख्य बढेको लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक बताउँछन।

बिदाका दिन आउने, र्‍याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताएर फर्कनेहरु दैनिक बढ्दै छन। त्रिशूली नदिमा र्‍याफ्टिङका लागि खासगरी पोखरा, काठमाडौँ र चितवनलगायतका सहरबाट मानिसहरु आउने गरेका छन्।

  • न्युज बहार संवाददाता

थप