जेठ १३, काठमाडौँ । नेपाली फलफुल बजारमा आँप आउन सुरू गरेको छ।
नेपाल
फलफूल थोक व्यवसायी संघ, काठमाडौंका
अनुसार बजारमा साता/दश दिनदेखि विभिन्न जातका आँप आउन थालेको हो।
अहिले
बजारमा आँप आइरहेको भएता पनि आँपको मुख्य सिजन एक सातापछि नै सुरू हुन्छ।
अहिले
बजारमा आएको आँप लहानबाट आएको हो। उपभोक्ताले हाल बजारमा मालदह, दसहरी र बमोई गरी तीन प्रकारको
आँप किन्न पाउँछन।
बल्खु
बजारमा दसहरी एक सय पाँचदेखि एक सय दश, मालदह आँप प्रतिथोक मूल्य न्यूनतम एक सय
र बमोई
आँप ८० रूपैयाँ किलोमा बिक्री भइहेको छ।
अब असार १५ सम्म बजारमा तराई क्षेत्रका आँप आउँछ। त्यसपछि साउन
अन्तिम सम्म पहाडी भेगका आँप बजार आउन थाल्नेछ।
- न्युज बहार संवाददाता