Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ध्यु र तेलको मुल्य सबै भन्दा धेरै वृद्धी, वैशाख महिनामा महँगीदर २.७७ प्रतिशत

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, मङ्लबार

जेठ २७, काठमाडौँ । उपभोक्ता मुद्रास्फीति अर्थात महँगीदर वैशाख महिनामा २.७७ प्रतिशत रहेको छ।

यो दर अघिल्लो वर्षको सोही महिनामा ४.४० प्रतिशत रहेको थियो।

वैशाख महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले जनाएको छ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेलको मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ।

त्यसैगरी तरकारीको मूल्य सूचकांक ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा–मासुको ०.४८ प्रतिशतले घटेको छ।

क्षेत्रगत मुद्रास्फीतिमा काठमाडौँ उपत्यकाको मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको छ।

त्यस्तै ग्रामीण क्षेत्रमा ३.२१ प्रतिशत र सहरी क्षेत्रमा २.६१ प्रतिशतले मूल्य सूचकांक बढेको छ।

  • न्युज बहार संवाददाता

थप