असार ३१, काठमाडौँ । नेपाल आयल निगमका
अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ
र डिजल/मट्टितेलमा एक रुपैयाँ मूल्य घटेको जानकारी निगमले गराएको छ ।
निगमका
अनुसार ३१ असारमा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद
मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ ०३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा
घटेर आएको हो ।
आज राति १२
बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५
रुपैयाँ र डिजेल / मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य घट्ने निगम सञ्चालक
समितिको निर्णयले जनाएको छ ।
- न्युज बहार संवाददाता