Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बजारमा देखिन थाले आँप, अहिलेको आँप खानु स्वास्थ्यको हिसाबले कति राम्रो?

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

चैत ५, काठमाडौँ । नेपाली फलफुल बजारमा आँप देखिन थालेको छ।

नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौँका अनुसार करिब १५ दिनदेखि बजारमा आँप आउन थालेको हो।

नेपाली बजारमा हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून रहेको व्यवसायीरुले बताएका छन ।

यसका साथै समय भन्दा अगावै आएको आँप किन्ने र खाने ग्राहक अहिले एकदमै कम भएकाले व्यवसायीहरुले आँप बेचेर नाफा भने कमाउन सकेका छैनन् । ग्राहकमा समय अगावै आएको आँपमा धेरै मात्रामा विष र केमिकल प्रयोग गरिएको हुन्छ भन्ने मानसिकता रहेकोले आँपको खपत एकदमै न्युन रहेको छ ।

खपत न्युन भए पनि आँप अहिले बजारमा प्रतिथोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँ किलो रहेको छ। 

आँप बजारमा खुद्रा उपभोक्ता मूल्य भने पाँच सय रूपैयाँसम्म तोकिएको छ। 

नेपालमा जेठ १५ देखि मात्र स्वदेशी आँप आउन सुरू हुन्छ । 

 

  • न्युज बहार संवाददाता

थप