असार २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांक सार्वजनिक गरेको छ।
उक्त तथ्यांक अनुसार वस्तु आयात १६ प्रतिशत र निर्यात २२.७ प्रतिशत घटेको पाइएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांक सार्वजनिक गर्दै कुल वस्तु निर्यातमा २२.७ प्रतिशतले कमी आएको उल्लेख गरेको छ ।
जसअनुसार वस्तु आयात रु.१४३ अर्ब ५९ करोड कायम भएको छ भने सोही अवधिमा अघिल्लो वर्षको यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।
यसैगरी आयात तर्फ आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई रु. १४८० अर्ब ९८ करोड कायम भएको छ भने सोही अवधिमा अघिल्लो वर्षको यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो ।
- न्युज बहार संवाददाता