जेठ १५, काठमाडौँ । चिनीको भन्सार शुल्क सरकारले घटाएको छ।
यसअघि चिनिको
भन्सार शुल्क ३० प्रतिशत रहेको थियो भने अहिले सो प्रतिशतलाई घटाएर पन्ध्र
प्रतिशतमा ल्याइएको हो। यसअघी सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने भन्दै आयात
हुने चिनीमा भन्सार बढाइएको थियो।
भन्सार
शुल्क घटेसँगै नेपाली बजारमा चिनीको भाउ पनि घट्ने देखिएको छ। अहिले नेपालमा चिनी प्रतिकेजी करिब
एक सय १० रूपैयाँमा बिक्री भइरहेको छ।
- न्युज बहार संवाददाता