Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विश्वभरका आरोही सगरमाथा आरोहणका लागि आधार शिविरमा, भीडभाड र चहल पहलको बेग्लै रौनकता

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

वैशाख १५, काठमाडौँ । यतिखेर विश्वभरका आरोही सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । सगरमाथा आधार शिविरमा आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता थपको छ।

सगरमाथा आधार शिविरमा रहेका पर्वतारोहीहरुका अनुसार अहिले सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ । त्याहाँ विश्वभरिका मानिस जम्मा भएका छन् र उक्त आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो देखिएको छ। त्याहाँ उल्लासमय वातावरण छ।

केही दिनअघि चर्चित पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आधार शिविरबाट माउन्टेन घरभनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरेका थिए । उक्त भिडियोमा आधार शिविरलाई रङ्गीचङ्गी पालले सजाइरहेका चिटिक्कका पाल (टेन्ट)हरू देख्न सकिन्छ। शिविरको उक्त दृश्य हेर्दा लाग्छ सगरमाथा आधार शिविर यतिखेर विश्वको कुनै एउटा सुन्दर गाउँको रूपमा परिणत भएको छ।

३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१ औं आरोहणका लागि सगरमाथा पुगेका हुन्। उनका अनुसार अहिले आधारशिविर रङ्गीचङ्गी पाल र आश्रयस्थलले बेहुली झै सिँगारिएको छ। समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा लाउन्ड्री’, ‘क्याफे’, ‘बारआदिको व्यवस्थापन गरिएको छ। त्याहाँ पाँच सय भन्दा बढी पाल टाँगिएका छन्। 

  • न्युज बहार संवाददाता

थप