Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भारतबाट हुने आयातको प्रभाव, चैतेधानको उचित मूल्य नपाउँदा किसान निराश

  •   १ वर्ष अघि | ३० जेष्ठ २०८२, बिहिबार

जेठ २९, नवलपरासी । नवलपरासीका किसानहरु यतिबेला निराश बनेका छन्। किसानले उत्पादन गरेको चैतेधानको उचित मूल्य नपाउँदा उनिहरु निराश भएका हुन ।

नवलपरासी मध्यविन्दु नगरपालिका वडा नम्बर दुईका २ का किसान हुन दानबहादुर आले। उनले आफ्नो पाँच कट्ठा जमिनमा दश क्विन्टल बराबरको चैतेधान उत्पादन गरेका छन्।  उनले यो दान बिक्री गर्दा प्रतिक्विन्टल रु दुई हजार २०० मात्र पाएका छन जसले उनलाई खिन्न बनाएको छ। उनले गएको वर्ष प्रतिक्विन्टल रु तीन हजारभन्दा अधिक मोलमा धान बिक्री गरेका थिए।

किसान आले स्थआनिय बुद्धभूमि कृषक समूहका संयोजक पनि हुन। उनका अनुसार धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका छन्।

कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीका अनुसार सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९  तोकेको छ । उनले भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने बताएका छन। 

  • न्युज बहार संवाददाता

थप