बैशाख १७, बिराटनगर। सङ्खुवासभामा जिल्लामा रहेको अरुण नदी सुख्खा पहिरो जाँदा थुनिएको छ।
सङ्खुवासभामा जिल्लाको मकालु गाउँपालिका-३ नयाँ बस्ती क्षेत्रमा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरूण नदी थुनिएको हो।
प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले अरूण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरूण नदी थुनिएको जानकारी दिएका हुन।
नदी थुनिएपछी टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताएका छन भने अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ।
- न्युज बहार संवाददाता