माघ ५, काठमाडौं । नेपाल बिधुत प्राधिकरणले सुख्खा अर्थात जाडो मौसम सुरु भएसँगै छिमेकी देश भारतबाट दैनिक ३५० मेगावाट सम्मको बिजुली सरिद गर्न थालेको छ । नेपालमा उत्पादन भएको बिजुलीले सुख्खा मौसम सुरु भएलगतै माग धान्न कठीन भएपछी छीमेकी देशसँग खरिद गरि माग पुरा गर्दै आएको छ । यो खरिद प्रकृया लगभग आउदो जेठ महिना सम्म जारी रहनेछ ।
जब गर्मि महिना सुरु हुन्छ नेपालले अहिले खरिद गरिरहेको देशलाई नै अर्थात भारतलाईनै बिजुली निर्यात गर्ने गरेको छ । जेठ देखी कार्तिक महिना सम्म नेपालले भारतलाई बिजुली निर्यात गर्ने गरेको नेपाल बिधुत प्राधिकरणले बताएको छ । गर्मि मौसममा बिजुली निर्यात गरी नेपालले राम्रो आम्दानी गर्ने गरेको छ ।