Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुरा

  •   १ वर्ष अघि | १९ जेष्ठ २०८२, आइतवार

जेठ १८, म्याग्दी । आठ हजार ९१ मिटर उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको  छ । शनिबार साँझ म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हिरक महोत्सवको सुरुवात गरिएको छ । 

आजदेखि सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पत्रकारको टोलीलाई अन्नपूर्ण४ वडा कार्यालय, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूह, पर्यटन व्यवसायी, अन्नपूर्णले स्वागत गरेका थिए । 

स्वागत कार्यक्रममा माथिएस हर्गोजसँग आएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा सङ्गीत प्रस्तुत गरेका थिए। अन्नपूर्ण आधार शिविरमा उनीहरूले यही जेठ १९ गते पनि साँझ पनि साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ । 

  • न्युज बहार संवाददाता

थप