भदौ १७, काठमाडौँ । कालीमाटी बजारमा काउलीको मूल्य
घटेको तथ्यांक फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको छ।
समितिका अनुसार बजारमा हाल स्थानीय र तराई क्षेत्रबाट आएका दुई प्रकारका काउली
उपलब्ध छन्।
भदौ
१७ गते मंगलबार, कालीमाटी बजारमा स्थानीय
काउली प्रतिकिलो ६५ देखि ७५ रुपैयाँ र तराई
काउली प्रतिकिलो ५५ देखि ६५ रुपैयाँमा बिक्री भइरहेको छ
भने गत
साता मंगलबार स्थानीय काउलीको थोक
मूल्य १०० देखि ११० रुपैयाँ र तराई काउलीको ९०
देखि १०० रुपैयाँ प्रतिकिलो रहेको
थियो।
व्यवसायीहरूका अनुसार अहिले काउलीको अफसिजन चलिरहेको छ, जसमा अहिले बजारमा काउली मुख्यतया पालुङलगायत केही सीमित
क्षेत्रबाट मात्र आपूर्ति भइरहेको छ।
हाल बजारमा काउलीको
आपूर्ति बढेको हुँदा मूल्यमा गिरावट
आएको व्यवसायीहरूले बताएका छन्। मूल्यमा घटबढ आपूर्तिको अवस्था अनुसार हुने गरेको
स्पष्ट भएको छ।
- न्युज बहार संवाददाता