Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२२.७५ अंकले बढेको नेप्सेमा ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक २२.७५ अंक(१.१३ प्रतिशत) बढेर २०२६.८१ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बृद्धी भएको छ । नेप्सेमा यस दिन ३११ स्टकको ६४ हजार २२१ पटकको कारोबारमा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार कित्ता शेयर किनबेच भएको छ ।

आज बजारमा ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पोखरा फाइनान्स, मानुषि लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन तारागाउँ रिजेन्सी होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ९५ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।

आज १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक घटेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक ५.९५ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। आइतबार होटल तथा पर्यटन र व्यापार उपसमूहमा परिसूचक केही गिरावट आएको छ ।

  • न्युज बहार संवाददाता

थप