फागुन २०, काठमाडौँ । सर्वोत्तम सिमेन्टले गएको साता निष्काशन
गरेको आइपीओ यही साता बाँडफाँड हुने भएको छ। सर्वोत्तम सिमेन्टको नेपाली सेयर
बजारको इतिहासमा पहिलोपटक बुक बिल्डिङबाट आइपीओ सार्वजनिक भएको थियो ।
कम्पनीका अनुसार आइपीओको शेयर बाँडफाँड यसै साता हुने छ ।
बिक्री
प्रबन्ध हुने ग्लोबल आईएमई क्यापिटलले आइतबार या सोमबार प्री अलोटमेन्ट सम्पन्न
गरी यही साताको अन्त्यसम्ममा सेयर बाँडफाँड गरिसक्ने जनाएको हो ।
उक्त कम्पनीको सेयरमा १९ गुणा बढी आवेदन परेको छ । त्यसैले भाग्यमानी
लगानीकर्ताहरुले गोलाप्रथाद्वारा सेयर पाउनेछन ।
- न्युज बहार संवाददाता