भदौ १९, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक ६.४५ अंक (०.३२ प्रतिशत)ले घटेर १९६१.३७ बिन्दुमा बन्द भएको छ।
आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन २७७ वटा धितोपत्रको २४ लाख ८० हजार ९२९ कित्ता सेयर किनबेचबाट ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँको कारोबार भएको छ ।
यस दिन एनएमबी माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बृद्धी छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा आरबिबी म्युचुअल फण्ड–२ रहेको छ।
आज नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको र उत्पादन तथा प्रशोधनको परिसूचक ०.३८ र ०.४६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
आज होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.७९ प्रतिशतले घटेको हो।
- न्युज बहार संवाददाता