फागुन १५, काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ ।
कम्पनिले फागुन ११ गतेदेखि निष्काशन
तथा बिक्री खुला गरेको आईपीओमा आज बिहिबार साँझ ५ बजे सम्म आबेदन दिन सकिने छ ।
कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर
सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख
कित्तासम्मको शेयरका लागि आवेदन दिन सकिनेछ ।
एनआईएमबि एस क्यापिटल
लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले नेपाल
धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय
संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट
निर्माण गरिएको सफ्टवेयर ‘मेरो
शेयर’ अनलाईन
प्रयोग गरी सि–आस्बा
प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता