Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्से बढ्ने क्रमले आज पनि पायो निरन्तरता, कारोबार रकम पाँच महिना यताकै उच्च।

  •   ३ वर्ष अघि | ३१ जेष्ठ २०८०, बुधबार

जेठ ३१, काठमाडौँ। नेप्से परिसूचक बढ्ने क्रमले आज पनि निरन्तरता फाएको छ। परिसूचक बढिरहँदा कारोबार रकममा पनि दैनिक सुधार आइरहेको छ।

आज बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेको छ।

यस दिन नेप्से ०.८१ प्रतिशतले बढेर २०३७.०६ बिन्दुमा पुगेर बन्द भएको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ४ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ पुगेको छ।

आजको यो कारोबार रकम गत पाँच महिना यताकै उच्च हो। आज नेप्सेमा दिन २७५ वटा धितोपत्रको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच भएको हो।

आज नेप्सेमा खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।

यस्तै यस दिन मोलुङ हाइड्रोपावरको सेयर मूल्य ५.०४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३५ रुपैयाँ ५० पैसामा कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचकमा गिरावट आएको छ।

बुधबार अन्य समूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशतले बढेको छ।

  • न्युज बहार संवाददाता

थप