Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

३.२४ अंकले घटेको नेप्सेमा फाइनान्स उपसमूहको परिसूचक भने बढ्यो

  •   २ वर्ष अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन शेयर बजार परिसुचक नेप्सेमा लगानीकर्ताहरु फाइनान्स कम्पनीहरु तर्फ आकर्षित भएका देखिएको छ। आज नेप्से परिसूचक घट्दा पनि फाइनान्स उपसमूहको परिसूचक भने उच्च बढेको छ ।

यस दिन नेप्से परिसूचक ३.२४ अंक(०.१६ प्रतिशत)ले  घटेर १९६५.९३ विन्दुमा बन्द भएको छ ।

आज कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस दिन उक्त कम्पनीको ११ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन शेयरमूल्य बढेका कम्पनीहरुको सूचीमा ५ फाइनान्स कम्पनीहरु रहेका छन् । आज मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्वाधिक ५.८३ प्रतिशतले सबैको लघुवित्तको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकम पनि घटेको छ। नेप्सेमा यस दिन ३०३ स्टकको ४२ हजार १६ पटकको कारोबारमा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ।

आज सर्वाधिक ३.१३ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप