फागुन ८, काठमाडौँ । आज मंगलबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । यो सँगै नेप्से लगातार तेस्रो कारोबार दिन घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक १.७६ अंक (०.०८ प्रतिशत) ले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ।
तेस्रो दिन नेप्से निरन्तर ओरालो
लागेपछि कारोबार रकम पनि घट्दो क्रममा रहेको छ। यस दिन बजारमा ३१४ स्टकको ७६ हजार
८०३ पटकको कारोबारमा ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको ९३ लाख ४२ हजार कित्ता
शेयर खरिदबिक्री भएको छ।
घटेको नेप्सेमा पनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको ग्रीनलाइफ हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज किसान लघुवित्तको शेयरमूल्य ७.७१ प्रतिशत घटेको छ। यस दिन हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत बढेको छ ।
- न्युज बहार संवाददाता