असार २१, काठमाडौँ। आह असार २१ गतेवाट आइएमई लाइफ इन्स्योरेन्सको
आइपिओ सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन तथा बिक्री खुला भएको छ।
कम्पनीले यसअघि असार २० गतेदेखि नै आइपीओ बिक्री खुला गर्ने भनिएकोमा प्राविधिक कारण देखाउँदै असार २१ गतेबाट खुला गरेको हो।
कम्पनीले प्रिमियम मूल्यमा दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन खुला गरेको हो।
कम्पनीको आइपिओमा असार २५ गते सम्म आवेदन दिन सकिने छ भने न्यूनतम १० कित्ताका देखी अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताहरुलेले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको 'मेरो सेयर' सफटवेयरबाट र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूवाट आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता