Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको शेयर बजार : १.९ प्रतिशतले घट्यो

  •   २ वर्ष अघि | २८ मंसिर २०८१, शुक्रबार

मंसिर २८, काठमाडौँ । यो साता नेपालको सेयर बजार परिसूचक नेप्से समग्रमा १.९ प्रतिशतले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २७३४.९३ अंकमा बन्द भएको शेयर बजार यो साताको अन्तिम कारोबार दिन अर्थात हिजो बिहीबार २६८२.२९ अंकमा बन्द भएको छ ।

यो एक हप्तामा बजार १.९ प्रतिशतले ओरालो लागेको हो । 

यो सातामा पाँच दिन कारोबार हुँदा एक दिन मात्रै बजार बढेको थियो भने बाँकी चार दिन शेयर बजार घटेको छ । यो साता सेयर किन्नेहरू कम देखिएका छन । 

कारोबार रकम पनि यो साता लगातार ओरालो लाग्यो । यो साता कारोबारमा आएका १३ उपसमूहका सूचक मध्ये उत्पादनबाहेक सबै उपसमूहका सूचक घटेको छ । १३ मध्ये सबैभन्दा धेरै जीवन बिमा उपसमूहको सूचक घटेको हो ।

  • न्युज बहार संवाददाता

थप