Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

११.७८ अंकले घटेको नेप्सेमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | २० फाल्गुन २०८०, आइतवार

फागुन २०, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक ११.७८ अंक(०.५९ प्रतिशत) ले घटेर १९६०.३० विन्दुमा बन्द भएको छ । 

यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन बजारमा ३०९ स्टकको ४५ हजार ४४२ पटकको कारोबारमा २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। घटेको बजारमा यस दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.७० प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक ७.४९ प्रतिशतले चिरख्वा हाइड्रोपावरको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस दिन उक्त कम्पनीको १३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आइतबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ । यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ भने सर्वाधिक २.५२ प्रतिशतले व्यापार उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप