भदौ १८, काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज सोमबार एकल अंकको वृद्धि आएको छ ।
आज सोमबार सेयर बजार ७.०४ अंक (०. ३५ प्रतिशत)ले बढेर नेप्से परिसूचक १९६७.८३ बिन्दुमा बन्द भएको हो ।
सोमबार २७० सूचीकृत धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता धितोपत्र किनबेचबाट एक अर्ब ९ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन थ्री स्टार हाइड्रोपावरको कारोबार सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने लिबर्टी इनर्जी कम्पनी मूल्य धेरैले घटेको छ ।
- न्युज बहार संवाददाता