Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

५४.५४ अंकले बढेको नेप्सेमा एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

  •   ३ वर्ष अघि | २ माघ २०८०, मङ्लबार

माघ २, काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २.५७ प्रतिशत बढेर बन्द भएको छ। आज नेप्से ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको छ । यसदिन नेप्सेसँगै कारोबार रकम पनि उच्च दरले बढेको छ। करिब २ वर्षपछि नेप्सेको कारोबार रकम ८ अर्ब नाघेको छ ।

यस दिन ३०४ स्टकको १ लाख ३३ हजार पटकको कारोबारमा ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ।

जानकारहरुका अनुसार अहिले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेको छ भने बैंकहरुले शेयर धितोमा कर्जा प्रवाह गरिरहेका छन् ।

आज एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने त्यीमध्ये ८ जलविद्युत कम्पनीहरु रहेका छन्। आज सर्वाधिक ९.९९ प्रतिशतले ज्योति विकास बैंकको ऋणपत्रको मूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा यस दिन निफ्रा रहेको छ।

आज मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये सर्वाधिक ४.७५ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। त्यसैगरी, ३ प्रतिशतभन्दा जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक बढी बढेको छ ।

  • न्युज बहार संवाददाता

थप