असोज १५, काठमाडौँ । लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न नेपाल धितोपत्र बोर्डले एआईमा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ ।
धितोपत्र बोर्डले आज सोमबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजना गरेको एक कार्यक्रमका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त च्याटबटको सुरूवात गरेका छन ।
उक्त च्याटबटले लगानीकर्ताहरुलाई गुनासो र जिज्ञासा राख्ने सहज प्लाटर्फम सुरू भएको छ ।
- न्युज बहार संवाददाता