Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

असार २२ गतेदेखि पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर बिक्री खुला गर्दै

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

असार १३, काठमाडौँ । असार २२ गतेदेखि पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर कम्पनीले निष्कासन गर्न लागेको हो।

हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ। 

प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले ३१ करोड ६३ लाख रूपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

असार २ गते नै कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि बुक क्लोज गरिसकेको छ। असार १ गतेसम्म कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। 

साउन ११ गतेसम्म कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिनेछ।

 

  • न्युज बहार संवाददाता

थप