साउन १७, काठमाडौँ । दिनभरिको उतारचढावका बीच सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धिमा गएर रोकिएको छ।
साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ९.२५ अंक (०.४४ प्रतिशत) ले बढेर बन्द भएको छ ।
आज बजारलाई लिड गर्ने होटल तथा पर्यटन, बैंकिङ, वित्त कम्पनी र विकास बैंक लगायका उपसूचकमा वृद्धि भएको छ । यस उपसमुहको बृद्धीले गर्दा हाइड्रोपावर, लघुवित्त लगायतका उपसूचकमा गिरावट भएपनि नेप्सेमा केही अंक वृद्धि भएको हो । आज सबै भन्दा धेरै वित्त कम्पनी उपसूचक १.६९ प्रतिशतले बढेको छ भने लघुवित्त उपसूचक ०.२८ प्रतिशतले घटेको छ।
यसदिन ९३ लाख ६१ हजार ७८६ कित्ता सुचिकृत सेयर किनबेच हुँदा १ अर्ब ८१ करोड २५ लाख रुपैयाँको मात्रै कारोबार भएको छ ।
आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।
आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य सर्वाधिक ४.०३ प्रतिशतले बढेको छ भने प्रभु स्माट फण्डको मुल्य सर्वाधिक घटेको छ।
- न्युज बहार संवाददाता