Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साउन महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३००० विन्दुमा, कारोबार रकमले बनायो नयाँ रेकर्ड

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

साउन ३१, काठमाडौँ ।  बिहिबार साउन महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३००० विन्दुमा पुगेर बन्द भएको छ।

साताको अन्तिम कारोबार दिन नेप्से भने ४३.०५ अंक(१.४५ प्रतिशत)ले बढेर ३०००.८१ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन भने ३३४ स्टकको ३ लाख ११ हजार ५३६ पटकको कारोबारमा २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने नाल फाइनान्सको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ९१ करोड ३३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशतले बढेको छ  भने कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.०५ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप