चैत १२, काठमाडौँ । आज मंगलबार ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।
गत फागुन २७ गतेदेखि
चैत ३ गतेसम्म कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार
कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ५६ हजार ५७६ जनाले २
करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४८
हजार २९८ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको थियो ।
धितोपत्र निष्काशन तथा
बाँडफाँट नियमावली अनुसार मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत
कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।
जसअनुसार १ लाख ४७ हजार
६०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
आइपिओको नतिजा सिडिएस एन्ड क्लियरिङको वेवसाइट, कम्पनीको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।
- न्युज बहार संवाददाता