Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ सरकारी कार्यलयमा नचल्ने

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौ २५, काठमाडौँ । अब सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ देशभरिका सबै सरकारी कार्यालयमा नचलाउने व्यवस्था हुने भएको छ ।

सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई पनि टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न निर्देशन दिइएको छ ।

  • न्युज बहार संवाददाता

थप