माघ
१६, काठमाडौँ । अबदेखि प्रिमियममा निष्कासन गरेको शेयरको पहिलो कारोबार मूल्य अर्थात
ओपनिङ रेन्ज जतिमा निष्कासन भएको हो त्यति नै दिइने भएको छ।
नेपाल
स्टक एक्सचेन्ज(नेप्से)का अनुसार सो रेन्ज दिने अन्तिम तयारीमा भइरहेको तथा प्रिमियममा
निष्कासन भएको र बुक बिल्डिङ मार्फत निष्कासन भएको शेयरको ओपनिङ रेन्ज उनीहरूको
शेयर जतिमा बाँडफाँट भएको छ त्यही मूल्य निर्धारण हुने छ ।
अहिले
सम्म नेप्सेले प्रिमियममा शेयर निष्कासन गर्ने कम्पनिहरुलाई समेत कम्पनीको
नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिँदै आएको थियो भने अब नेप्सेले उक्त रेन्ज
परिवर्तन गर्ने भएको हो । जसअनुसार प्रिमियम मूल्यमा शेयर बिक्री गरेका कम्पनीको
हकमा जतिमा शेयर बाँडफाँट भएको हो त्यति नै हुने छ।
त्यस्तै
अर्को तर्फ बुक बिल्डिङ मार्फत निष्कासन भएको कम्पनीको ओपनिङ रेन्ज पनि बाँडफाँट भएको मूल्य नै
हुने नेप्से स्रोतले जनाएको छ । आज सम्म नेप्सेमा बुक बिल्डिङको शेयर सूचीकृत
भइसकेको छैन र अहिले बुक बिल्डिङ मार्फत निष्कासन अनुमति पाएका कम्पनीहरू निष्कासन
प्रक्रियामा नै रहेका छन्।
अहिलेसम्म रिलायन्स
स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले नेपाल धितोपत्र बोर्डबाट बुक बिल्डिङ विधि
मार्फत शेयर निष्कासन अनुमति पाएका छन ।
दुई मध्ये सर्वोत्तम सिमेन्टले
उद्योग प्रभावित र वैदेशिक रोजगारमा रहेकाहरूलाई शेयर निष्कासन खुला गरिसकेको छ। भने
त्यसको बाँडफाँट हुन भने बाँकी रहेको छ ।
बुक बिल्डिङ विधिमा क्युआइआइ
अर्थात योग्य संस्थागत लगानीकर्ताले एउटा मूल्यमा शेयर पाउँछन् भने सर्वसाधारणले
उनीहरू पाएको भन्दा १० प्रतिशत कममा शेयर प्राप्त गर्नेछन । नेप्सेले यस्तो अवस्थामा
दुई मूल्य भएकोले कुन मूल्यलाई लिने भन्ने निर्णय भने नगरिसकेको बताएको छ । नेप्से
स्रोतका अनुसार बुक बिल्डिङ मार्फत निष्कासन भएका शेयर नेप्सेमा सूचीकृत हुन
आइसकेका छैनन् र उनीहरू सूचीकृत हुन आउनु भन्दा अघि नै कुन मूल्यलाई लिने निर्णय
भइसक्ने छ ।
पछिल्लो समय नेप्सेले बढेको
बजारको आकार र लगानीकर्ताको सहभागीताको आधारमा ओपनिङ रेन्ज तोक्न लागेको हो।
- न्युज बहार संवाददाता