Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२२.१४ अंकले बढ्यो नेप्से, साहस उर्जाको सर्वाधीक कारोबार

  •   २ वर्ष अघि | २६ कार्तिक २०८१, सोमवार

कात्तिक २६, काठमाडौँ । सोमबार साताको दोस्रो दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक २२.१४ अंक(०.८० प्रतिशत)ले बढेर २७६०.२१ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३०२ स्टकको १ लाख १३ हजार ९६४ पटकको कारोबारमा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स लायत अन्य पाछव कम्पनिको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज इष्टर्न हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ३८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक ३.२० प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ भने वित्त, विकास बैंक, होटल तथा पर्यटन, निर्जीवन बीमा जलविद्युत उपसमूहको परिसूचक सामान्य घटेको हो।

 

  • न्युज बहार संवाददाता

थप