Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

११.६० अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | १२ असार २०८१, बुधबार

असार १२, काठमाडौँ । आज बुधबार शेयर बजार परिसुचक नेप्से घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ११.६० अंक(०.५६ प्रतिशत)ले घटेर २०६०.१६ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३०५ स्टकको ५४ हजार ७९३ पटकको कारोबारमा ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको ८७ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सर्वाधिक ९.८७ प्रतिशतले नेपाल फाइनान्सको शेयरमूल्य बढेको छ भने कारोबारमा आएको साधना लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.३८ प्रतिशत घटेको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन १६ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

यस दिन म्युचुअल फण्ड, वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढ्दा विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ। 

  • न्युज बहार संवाददाता

थप