कार्तिक
१९, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१.४६ अंक (१.१६
प्रतिशत)ले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको छ
अघिल्लो दिनको तुलनामा आइतबार
नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ।
यस दिन २८९ वटा धितोपत्रको ३५
लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेचबाट ९७ करोड २३ लाख ६७ हजार २७८ रुपैयाँ
कारोबार भएको छ ।
यस दिन एनआइसी एशिया लघुवित्तको
सेयर मूल्य सर्वाधिक ६.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६१४ रुपैयाँ पुगेको छ
भने हिमालयन लघुवित्तको सेयर मुल्य सर्वाधिक१० प्रतिशतले घटेको छ ।
आज
नेप्सेमा नबिल बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत
परिसूचकमध्ये १२ वटा समुहगत परिसूचक घटेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक
०.३८ प्रतिशत बढेको छ ।
यसदिन
सर्वाधिक २.११ प्रतिशतले व्यापार समूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता