Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि

  •   २ वर्ष अघि | १० साउन २०८१, बिहिबार

साउन १०, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।

नेप्से परिसूचक आज ३२.०२ अंक(१.२६ प्रतिशत)ले बढेर २५६८.१३ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बजारमा यस दिन ३२० स्टकको १ लाख ५९ हजार ७५७ पटकको कारोबारमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँबराबरको ३ करोड ५५ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन सर्वाधिक ७.६५ प्रतिशतले मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनिको ३४ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक ६.८३ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप