Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पुस महिनाको अन्तिम दिन ३१.६२ अंकले बढ्यो नेप्से

  •   ३ वर्ष अघि | २९ पुस २०८०, आइतवार

पुस २९, काठमाडौँ । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन तथा साताको पहिलो कारोबारदिन नेप्से परिसुचक बढेर बन्द भएको छ। यस दिन नेप्से ३१.६२ अंक (१.५१ प्रतिशत)ले बढेर बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज ३१४ स्टकको ९४ हजार ५२६ पटकको कारोबारमा ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

आज आइतबार ११ स्टकको शेयर मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् भने कारोबारमा आएको मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य यस दिन साढे ९ प्रतिशत घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक घट्दा ११ उपसमूहको परिसूचक बढेको छ।

यस दिन सर्वाधिक ४.५८ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप