Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२७.७५ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ महिना यताकै उच्च

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । नेप्से परिसूचक करिब तीन महिनापछि २ हजार बिन्दु माथि उक्लेको छ।

आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७.७५ अंक(१.३९ प्रतिशत)ले बढेर २०२२.३५ विन्दुमा बन्द भएको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आजको कारोबार रकम साढे ५ महिना यताकै उच्च भएको हो। आज बजारमा ५ अर्ब १५ करोड रूपैयाँको सेयर किनबेच भएको छ।

यसदिन २ सय ९५ वटाको सेयर तथा ऋणपत्र कारोबार भएकोमा २ सय २६ वटाको सेयर मूल्य बढेको छ। ७३ वटाको मूल्य भने घटेको छ। 

आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार भएको हो।

आज वाणिज्य बैंकहरूको कारोबार सूचक भने घटेको छ। ८ अंकले बैंकिङ समूहको सूचक घटेको हो। त्यस्तै आज सामूहिक लगानी कोष र व्यापार मुलक समूहगत परिसूचक पनि घटेको छ। 

आज सबैभन्दा धेरै ५.५५ प्रतिशत (१२३ अंक)ले जलविद्युत समूहगत परिसूचक वृद्धि भएको छ।

यस दिन १० प्रतिशतले १२ वटा कम्पनीको मूल्य बढेर सर्किट ब्रेक लागेको छ। १० प्रतिशतले मूल्य बढेका  १२ कम्पनीमा १० वटा कम्पनि जलविद्युत कम्पनी रहेका छन्।

यो कम्पनीको मात्रै २५ करोड रूपैयाँको कारोबार भएको छ। 

  • न्युज बहार संवाददाता

थप