Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

८.७५ अंकले घट्यो नेप्से, सर्वाधिक कारोबारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, काठमाडौँ । निरन्तर पाँचौ कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ८.७५ अंक(०.४२ प्रतीशत)ले घटेर २०६०.१५ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। यस दिन ३०६ स्टकको १ लाख २ हजार ९०५ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सोमबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। चिरख्वा हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन सर्वाधिक ८.०९ प्रतिशतले मोलुङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटेको छ।

आज सर्वाधिक कारोबार हुने कम्पनिमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।

यस दिन १३ टा समुहगत परिसूचक मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक १ प्रतिशतभन्दा बढी लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ। परिसूचक साढे १ प्रतिशतभन्दा बढी होटल तथा पर्यटन, जलविद्युत र जीवन बीमा उपसमूहको घटेको छ।

  • न्युज बहार संवाददाता

थप